प्रधानमन्त्री ओलीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरियो : प्रचण्ड

२०७७ माघ २९ गते, बिहीबार

माघ २८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री ओलीको ठाडो आदेशमा पक्राउ गरिएको बताएका छन।

पेरिसडाँडामा आदिवासी जनजाति राष्ट्रिय मगर सङ्घको भेलामा प्रचण्डले झाँक्रीलाई बुधवार ९हिजो० पक्राउ गर्न बालुवाटारले जोडबल गरे पनि आफूहरूले त्यसको खबरदारी गरेको तर बिहीवार ९आज० प्रहरीले पक्राउ गरेको बताए।

झाँक्री पक्राउ पर्नुले धेरै सङ्केत दिएको भन्दै प्रचण्डले देशमा अब सत्ताको आलोचना गर्ने जो कोहीलाई पनि त्रास सिर्जना गराउने राज्यको मनसाय प्रष्ट भएको दाबी गरे।

केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ गरिएको हो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal