साताको अन्तिम कारोबार दिन शेयर बजारमा दोहोरो अंकको गिरावट

२०७७ माघ २९ गते, बिहीबार

माघ २८, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकको गिरावट आएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १६.११ अंकले घटेर २५२६.९२ अंकमा झरेको छ । यस दिन फ्लोट इण्डेक्स ०.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३६ अंक घटेको छ।

बैंकिङ्ग र विकास बैंक उपसमूहको परिसूचक सामान्य अंक बढेपनि अन्य उपसमूहका परिसूचक ओरालो लागेपछि नेप्से घट्न दबाब पुगेको हो। आज कारोबार भएका १२ समूह मध्ये ९ समूह घटेका छन् भने अन्य ३ समूह बढेका छन् ।

कारोबारमा आएका लघुवित्त र होटल उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ। त्यसैगरी, व्यापार, हाइड्रोपावर, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

आज नेप्सेमा ८ अर्ब ४१ करोड १७ लाख रुपैयाँ बराबरको १ करोड ६० लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal