एनआरएनए अमेरिकाको महासचिवमा नवराज सुवेदीको उम्मेदवारीको घोषणा

२०७७ माघ ३० गते, शुक्रबार

माघ ३०, काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको हुदै गरेको निर्वाचनको लागि नवराज सुवेदीले महा सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन ।
उम्मेदवारी घोषणा गरे लगत्तै सिएनएन एक्प्रेससंग कुरा गर्दै उनले भने – ‘नेपाली गैह्र नाफामुलक सामाजिक सघं-सङ्गठनका नाममा नेपालमै रहेका राजनितीक दलका भातृसङ्गठनका रुपमा अमेरिका लगाएत अन्य मुलुकमा समग्र नेपाली समाजको इच्छा बिपरित राजनितीक गतिबिधि हुनु दुखदायी कुरा हो” ।

उनले थपे,’स्वदेश अर्थात नेपाल भित्रैबाट पनि गैह्र -आबासिय नेपाली सङ्ग सङ्गठनलाई हेर्ने दृस्टिकोणमा ह्रास आउन थालेको छनक देखिदै गरेकोमा नेतृत्ववर्गलाई ध्यान आकर्षण गराएका छन् । स्वदेश अर्थात नेपालभित्रैबाट पनि गैह्र – आबासिय नेपाली सघं-सङ्गठनलाइ हेर्ने दृस्टिकोणमा ह्रास आउन थालेको छनक देखिदैछ। यसो हुनुको मुख्य कारण सक्षम , क्षमतावान, दुरदर्शी, पारदर्शी नेत्रीत्वलाइ चुनाबी अस्वस्थ प्रतिस्पर्धा बाट हराउने र तिनै जेल, जङ्गल र टायर सस्कारका उत्पादित केहि थान ब्यक्तिको जित हुनु हो ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको अवको अभियान के हो ? भन्ने प्रश्नमा उनले भने,’अबको आगामी अभियान भनेको गैह्र राजनितिक,स्वच्छ,स्वस्थ ,पारदर्शी,सक्षम,इमान्दार ,क्षमतावान नेतृत्वलाई सके सम्म निर्बिरोध तथा अत्यधिक बहुमतले युवा पुस्तालाई नेतृत्व तहमा पुर्याउनु पर्ने आवस्यकता देखिन्छ ।

त्यसैले युवा पुस्तालाई नेतृत्वमा पुर्याई अबको समस्त नेपाली समाजमा युवा पुस्ताको उदय गराई उदाहरण स्वरुप पनि अमेरिकाको एनआरएनएको निर्वाचनमा युवा पुस्त स्वत स्फुर्त आउनु पर्छ । आगामि दिनमा बिस्वभरीकै नेपाली समाजलाइ समेट्ने गरि शसक्त्त ढङ्गबाट अभियान नेतृत्वको छनौट गर्न स्वदेश एबम बिदेशमा रहनुहुने समस्त आदरणीय नेपाली आमा- बुबा तथा दाजुभाइ, दिदिबहिनिमा हार्दिक अपिल गरिन्छ।अबको अभियान गैह्रराजनितिक, स्वच्छ , स्वस्थ , पारदर्शी, सक्षम एबम इमान्दार क्षमतावान नेत्रीत्व, स्वदेश तथा बिदेशमा रहेको नेपाली समाजको हितलाइ केन्द्रबिन्दुमा राखेर अगाडि बढाइने बताए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal