पछिल्लो २४ घण्टामा थप १२७ कोरोना संक्रमित, २ जनाको मृत्यु

२०७७ माघ ३० गते, शुक्रबार

माघ ३०, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १३६ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ७९६ पुगेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal