प्रधानमन्त्री ओलीले तानाशाही प्रवृत्ति देखाए : अधिकारकर्मी

२०७७ माघ ३० गते, शुक्रबार

माघ ३०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै नागरिक खबरदारी गरिएको छ । प्रजातान्त्रिक विचार समाजले शुक्रबार माइतीघर मण्डलामा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध खबरदारी गरेको हो ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसीले प्रतिनिधिसभा विघटन गरी प्रधानमन्त्री ओली तानाशाही हुन खोजको आरोप लगाए। उनले सडक र सदन दुवैमा अराजकतावादी रहेका र उनीहरुले लोकतन्त्रलाई नष्ट गर्न खोजेको बताए।

कार्यक्रममा डाक्टर गोविन्द केसीले प्रतिनिधिसभा विघटनको विरोध गर्नु प्रजातन्त्रवादीको कर्तव्य रहेको भन्दै आफ्नो घृणित स्वार्थका लागि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधान र प्रजातन्त्रको हत्या गरेको बताए ।

विरोध कार्यक्रममा प्राध्यापक संघ, चिकित्सा संघ, इन्जिनियर संघलगायत बुद्धिजिवीलगायतले धर्ना दिँदै खबरदारी गरेका थिए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal