कम्युनिस्टका दुई पाइलटले गाईजात्रा देखाए, मुलुकमा संकटकाल लाग्न सक्छ : चित्रबहादुर केसी

२०७७ माघ ३० गते, शुक्रबार

माघ ३०, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानमै व्यवस्था नभएको संसद् विघटन गर्ने केपी ओलीले मुलुकमा संकटकाल लगाएर शासन गर्न सक्ने बताए । ओलीको ‘प्रतिगामी कदम’लाई जनआन्दोलन गरेरै घुँडा टेकाउनुको विकल्प नभएको उनले बताए ।

प्रगतिशील पत्रकार संघले सन्धिखर्कमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा केसीले ओलीले आफ्नो पार्टीको विरोधको सामना गर्न नसकेर सत्ताको लोभले संसद् विघटन गरेर अलोकतान्त्रिक कदम चाल्नु बेठीक भएको बताए । पार्टीभित्रको झगडाकै कारण संसद् विघटन हुनु दुस्खद भएको उनको तर्क थियो ।

‘आन्दोलन गरेरै संसद् पुनस्स्थापना गर्नुको विकल्प छैन,’ उनले भने, ‘कांग्रेससहित सबै दल मिलेर सड्क संघर्षबाटै प्रतिगमनलाई परास्त नगर्ने हो भने ओलीले देशमा संकटकाल लगाएर देशलाई अझै अँध्यारोमा लैजान्छन् ।’

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal