मौद्रिक नीतिको समीक्षा फागुनको पहिलो साता आउने, मार्जिन लेन्डिङको सीमा घटाउने तयारी

२०७७ माघ ३० गते, शुक्रबार

माघ ३०, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षा आगामी साता गर्ने भएको छ । केन्द्रीय बैंकले हरेक वर्ष ल्याउने मौद्रिक नीतिको आवश्यकता अनुसार त्रैमासिक रुपमा समीक्षा गर्दै आएको छ ।

कोरोना महामारीकैबीच आएको चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षा फागुन पहिलो साता गर्ने तयारी भइरहेको राष्ट्र बैंकले बताएको छ त्रैमासिक समीक्षामा पुरानै नीतिहरुलाई निरन्तरता दिए पनि अर्धवाषिर्क समीक्षामा केहि नयाँ आउँछ भन्ने अनुमान गरीएको छ।

राष्ट्र बैंक श्रोतका अनुसार सेयर बजारका केही नीतिहरु परिर्वतनको तयारी भइरहेको छ । मार्जिन लेन्डिङ (सेयर धितो कर्जा) मा केहि कडाइको नीति लिने राष्ट्र बैंकको तयारी छ । त्रैमासिक समीक्षामा नै राष्ट्र बैंकले सेयर धितो कर्जा सम्बन्धी विद्यमान व्यवस्थामा परिवर्तन गर्ने उल्लेख गरेको थियो ।

सेयर लगानीकर्ताहरुले विरोध गरेपछि राष्ट्र बैंक पछि हटेको थियो। यस पटक भने मार्जिन लेन्डिङको सीमा घटाउने तयारीमा राष्ट्र बैंक रहेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal