लोकतन्त्रको आवरणमा मुलुकमा लुटतन्त्र हावी : कमल थापा
२०७७ माघ ३० गते, शुक्रबार

माघ ३०, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा मुलुकमा लुटतन्त्र हावी बताएका छन्।
शुक्रबार पार्टीको हेटौंडामा आयोजित भेलालाई सम्बोधन गर्दै थापाले कम्युनिष्ट र काङ्ग्रेसको काम व्यबहारबाट जनता वाक्क दिक्क भएको दाबी गरे।
संसद विघटनपश्चात् मुलुक थप अन्यौल र अस्थिरता तर्फ उन्मुख भएको भन्दै थापाले बताए। उनले सनातन हिन्दु धर्मको रक्षा गर्न आवश्यकता भएको भन्दै धार्मिक द्वन्द्व चर्केर जाने खतरा बढेको दाबी गरे।
थापाले विकास र समृद्धिको सपनालाई २०६२/६३ पछिको परिवर्तनले संस्थागत गर्नुको सट्टा चकनाचुर पारेको बताए।