भारतीय तस्करको हर्कतः नेपालका सुरक्षाकर्मीमाथि भाला आक्रमण

२०७७ फाल्गुन १ गते, शनिबार

फागुन १, वीरगञ्ज । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन् गरिरहेका भारतीय बालुवा तस्करले पर्सामा नेपालका सुरक्षाकर्मीमाथि भालाले आक्रमण गरेका छन् ।

गैरकानुनी रुपमा नेपालको बालुवा तस्करी गरेर भारत लैजान खोज्ने तस्करलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको हो ।

घरेलु हातहतियारसहित आएका बालुवा तस्करको आक्रमणमा परी दुई जना सशस्त्र प्रहरी गम्भीर घाइते भएका छन् ।

घाइते प्रहरीलाई थप उपचारको लागि काठमाडौँको बलम्बुस्थित सशस्त् प्रहरी अस्पताल पठाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गणले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal