प्रधानमन्त्री ओली समूहको शक्ति प्रदर्शन बुटवलमा, दाहाल–नेपाल समूहले जनयुद्ध दिवस मनाउँदै

२०७७ फाल्गुन १ गते, शनिबार

फागुन १, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्मन्त्री ओली समूहरुले आज शनिबार बुटवलमा बृहत जनसभा गर्दैछ । नेकपा लुम्बिनी प्रदेशले आयोजना गर्न लागेको सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन।

सभाको पूर्वसन्ध्यामा हिजो नेकपाका युवा इन्चार्ज महेश बस्नेतको नेतृत्वमा युवा तथा विद्यार्थीहरुले मोटरसाइकल ¥याली निकालेका थिए । उनीहरूले बुटवलका विभिन्न ठाउँमा मार्चपास समेत गरेका थिए । नेकपाको सो समूहले यसअघि दाङको राप्ती उपत्यका, धनगढी, चितवन र काठमाडौंमा शक्ति प्रदर्शन गरिसकेको छ ।

आज कै दिन दाहाल–नेपाल समूहले जनयुद्ध दिवस मनाउने भएका छन् । तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्धको स्मरण गर्दै शनिबार जनयुद्ध दिवस मनाउन लागिएको हो । सबै जिल्लाहरुलाई पनि जनयुद्धको दिवसको अवसरमा शहीद स्मृति तथा सम्मान कार्यक्रम गर्न दाहाल–नेपाल समूहले सर्कुलर पठाएको ज छ । काठमाडौंमा विभिन्न आन्दोलन र जनयुद्धमा शहीद भएकाहरूको स्मृतिमा सभा हुने जनाइएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal