प्रधानमन्त्री ओलीले मुलुकलाई निरकुंशता तर्फ लैजान प्रतिनिधि सभा विघटन गरेका हुन : पौडेल

फागुन १, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुंशता तर्फ लैजानका लागि प्रतिनिधि सभा विघटन गरेको बताएका छन ।
नेपाली कांग्रेसले ७७ वटै जिल्लामा फागुन ३ आयोजना गर्न लागेको गतेको प्रदर्शनमा सहभागी हुन आम नागरिकलाई आपिल गर्दै पौडेलले सरकारका पछिल्ला काम कारवाहीले मुलुकलाई निरकुंशतातर्फ धकेल्ने निहित उद्देश्यका साथ संसद भंग भएको पुष्टि हुँदै गएको बताएका हुन्।
सरकारले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुशंतामा बाटोमा धकेल्नका लागि संसद भंग गर्नु सामान्य विषय नभएको भन्दै पौडेलले मुलुकलाई जोगाउन, संविधान, लोकतन्त्र र समावेशीतालाई रक्षा गर्नका लागि आम लोकतन्त्रवादीहरुले ससक्त ढंगले प्रस्तुत हुनुपर्ने बेला आएको बताएका छन्।
पौडेलले भिडियो अपिलमा सम्पूर्ण लोकतन्त्रवादी नागरिकलाई नेपाली कांग्रेसले आयोजना गरेको फागुन ३ गते ७७ वटै जिल्लामा हुने विरोधसभामा सहभागी हुन आह्वान गरेका छन्।