नेपालको संविधान नै धरापमा जाने खतरा बढ्यो : प्रचण्ड

२०७७ फाल्गुन १ गते, शनिबार

फागुन १, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हजारौं सहिदले बलिदानी गरेर लेखेको संविधान नै धरापमा जाने खतरा बढेको बताएका छन।

काठमाण्डौमा “जीवनगाथा” पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले ठूलो बलिदानपछि प्राप्त भएको उपलब्धि नै गुम्ने खतरा बढेको बताएका छन।

युद्धकालीन समय योगदान पुर्याएका व्यक्तित्वका बारेमा विभिन्न पुस्तकहरु प्रकाशित भए पनि सरकारका तर्फबाट वैधानिक ढङ्गले प्रकाशित भएको पहिलो ऐतिहासिक दस्ताबेज भएको बताए।

“जीवनगाथा” पुस्तकमा जनयुद्धको तयारीको क्रममा बारबर्दिया जिल्लामा सहिद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाइते योद्धाहरुको जीवनगाथा सङ्ग्रहित गरिएको छ ।

प्रकाशित जीवनगाथामा ६ सय ८० योद्धाहरुको जीवनी समेटिएको छ । तीमध्ये ३ सय २८ सहिद तथा मारिएका व्यक्तिहरु,२ सय ५० जना बेपत्ता पारिएका व्यक्तिहरु र १ सय २ जना घाइते तथा अपाङ्गगता भएका व्यक्तिहरुको जीवनगाथा छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal