प्रधानमन्त्री ओलीमा प्रचण्ड प्रवृत्ति देखिए साथ छाडिन्छः मन्त्री भट्ट

फागुन १, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री ओली समूहरुका पार्टी स्थायी कमिटि सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ओलीको साथ छाड्न कुनै आइतबार नभएको बताएका छन ।
जोगाउन प्रचण्डको साथ छाडेर केपी ओलीलाई साथ दिएको बताउँदै यदि ओलीमा पनि त्यहिँ प्रचण्ड प्रवृत्ति देखा परे ओलीको पनि साथ छाड्ने नेकपा ओली पक्षका स्थायी कमिटि सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बताएका छन् । पूर्वजनमुक्ति सेना नेपाल केन्द्रीय संयोजन समिति बुटवलद्वारा आयोजित राष्ट्रिय भेलामा प्रधानमन्त्री ओलीमा प्रचण्ड प्रवृत्ति नदेखिएको र यदि त्यस्तो देखिएमा ओलीको साथ छाड्न कुनै आइतबार नकुर्ने उनले बताएका हुन् ।
उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘वर्षौदेखि प्रचण्डकै पछि–पछि लागेर मुलुकका लागि जनयुद्ध लड्यौँ । कैयौँले ज्यान गुमाए । तर, अहिले ती सबै बिर्सेर प्रचण्ड सुखसयल, पद र परिवारमा केन्द्रित भएको देख्नुपर्यो । त्यसपछि छलफल नै नगरी पदकै लोभमा पार्टी एकता भयो, अहिले पद र शक्ति नपाएपछि पुनः विरोध शुरू गरेर हिँडेपछि प्रचण्डको साथ छाड्नुपर्यो ।’
उनले भने यसअघि भनेका छन्, ‘यो प्रवृत्ति केपी ओलीमा देखिँदैन भन्ने विश्वास छ, यदि त्यस्तो भए उहाँको साथ छाड्न कुनै आइतबार चाहिन्नँ ।’
कार्यक्रममा नेकपा नेताहरू शंकर पोखरेल, टोपबहादुर रायमाझी लगायतले सम्बोधन गर्ने जनाइएको छ ।