अब समाजवादी क्रान्ति गरेर विश्वलाई प्रेरणा दिन्छौं : गृहमन्त्री थापा

फागुन १, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले नेपालमा समाजवादी क्रान्ति गरेर विश्वलाई प्रेरणा दिने बताएका छन। नेता थापाले देशमा समाजवादी क्रान्ति, आर्थिक क्रान्ति मार्फत मुलुकलाई समृद्धितर्फ लगेर विश्वाकै लागि प्रेरणादायी बनाउने बताएका हुन ।
अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार जनयुद्ध दिवसको अवसरका आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री थापाले ‘धेरैले पहिले जनयुद्ध दुई महिना पनि नटिक्ने, गुलेलीबाट क्रान्ति सम्भव नरहुने भनी टिप्पणी गरेको थिए ,’ जनयुद्ध सफल भयो ।
त्यसैले अहिले देशमा भएको आमुल परिवर्तनको श्रेय जनयुद्ध र शहिदको बलिदानीलाई जान्छ ।’ उनले युद्धकालीन समयमा महिलाहरुको सहभागिता पनि पुरुषहरु जत्तिकै रहेको दाबी गरे।
‘परवर्तनका खातिर गरिएको जनयुद्धपछि हाल प्राप्त भएका अधिकारको प्रयोग गरेर अब हामीले भोलिका सम्भावनाहरु खोतल्दै विकास र समृद्धितर्फ उन्मूख हुनुपर्छ,’ मन्त्री थापाले भने ।