सडक छाप प्रचण्डमा युद्धको धङधङी अझै सकिएको छैन : मन्त्री रायामाझी

फागुन १, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थाई कमीटी सदस्य एवंम नेपाल सरकारका उर्जामन्त्री टोपबहादुर रायामाझीले पुष्पकमल दाहाल ‘प्रचण्ड’मा अझै आन्दोलन र युद्धको धङधङी नसकिएको बताएका छन।
बुटवलमा भएको ओली पक्षीय सभामा सम्बोधन गर्दै रायामाझीले मांसाहारी आन्दोलनको घोषणा गरेका साथीहरुमा आन्दोलन र युद्धको धङधङी रहेको बताएका हुन। ‘मांसाहारी आन्दोलन भन्नुहुन्छ उहाँहरु’, मन्त्री रामामाझीले भने, ‘के हो मांसाहारी आन्दोलन भनेको, मान्छे मार्ने आन्दोलन भन्नुभाको होला, देख्नुभयो नि युद्धको धङधङी नगएको ।’
दाहाल–नेपाल पक्षलाई सडक छापको संज्ञा दिँदै मन्त्री थापाले राजनीतिक क्रान्तिको एजेण्डा सकिएकाले देश विकास, समृद्धि र आर्थिक उत्थानको चरणमा प्रवेश गरेको दावी गरे।
मन्त्री रायामाझीले अध्यक्ष्य बन्न तयार भए महाधिवेशन र पधानमन्त्री बन्न मन भए निर्वाचनसम्म जानुपर्नेमा दाहाल–नेपाल पक्षलाई सुझाएका थिए ।