माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड पछारिए : पोखरेल

फागुन १, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा सडकमा पछारिएको बताएका छन।
ओली पक्षीय नेकपाको लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै पोखरेलले प्रचण्डको युद्धको बेलाको अभिव्यक्तिलाई प्रयोग गर्दा आफैँ पछारिएको दाबी गरे।
मुख्यमन्त्री पोखरेलले भने, ‘पटक–पटक उहाँले क–कसको ढाडमा टेक्नुभो, क–कसको टाउकोमा हिर्काउनुभो, त्यो इतिहासका कुरा भए, तर पार्टी एकतापछि उहाँ माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हिर्काउन खोज्नुभएको थियो, आज सडकमा पछारिनु भएको छ ।’
स्थायी समिति सदस्य पोखरेलले दाहाल–नेपाल जनतासँग डराएर निर्वाचनबाट भाग्न खोजेको टिप्पणी गरे।