कठैबरा भन्नुपर्ने मानिस पार्टीबाट बाहिरिए, जनसमर्थन कस्तो हुन्छ बुटवल हेर्न आए हुन्छ : प्रधानमन्त्री ओली

२०७७ फाल्गुन १ गते, शनिबार

फागुन १, बुटवल । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट कठैबरा भन्नुपर्ने मान्छे पार्टीबाट बाहिरिएको बताएका छन। बुटवलमा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले कठैबरा भन्नुपर्ने किसिमका मानिस पार्टीबाट नबाहरिएकाले कार्यकर्तालाई निराश हुनु नपर्ने दाबी गरेका छन।

साथीहरु निरा नहुनुस्, पार्टीबाट कठैबरा भन्नुपर्ने मानिसहरु बाहिर गएनन्, ‘पार्टीमा बसेर समस्या खडा गर्ने, पार्टीको बदनाम गर्ने, पार्टीलाई अनुशासनहीन र आचरणहीन देखाउने, गुटबन्दीलाई बढावा दिनेहरु बाहिरएका हुन् ।’

प्रधानमन्त्री ओलीले प्रचण्ड नेपाल समुहलाई लक्षित गर्दै जनसमर्थन कस्तो हुन्छ हेर्न बुटवलमा आउन आग्रह गरेका छन् । देशभरबाट जम्मा गरेको अलिकति मान्छे देखेपछि जनसभा हेर्न आऊ भनेर आफूलाई भनेको भन्दै उनने भने, ‘आज म देशभरीको होइन, लुम्बिनी प्रदेशको वुटबलमा आयोजित सभा हेर्न आउन आग्रह गर्न चाहन्छु । जसहभागिता कस्तो हुन्छ, हेर्नुस्, ‘प्रधानमन्त्रीले भने ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal