बर्दघाट नगरपालिकाका किसानहरुले ३० कुईन्टल टमाटर नगरपालिकाको कार्यालय भित्रै फाले

फागुन ४, नवलपरासी । बर्दघाट नगरपालिकाका किसानहरुले नगरपालिकाको कार्यालय भित्रै टमाटर फालेका छन । आफुले उत्पादन गरेको टमाटरले बजार नपाएको र बाहिरवाट आयाधित टमाटर बजारमा खपत भएको भन्दै किसानहरुले बिरोध स्वरुप नगरपालिकाको गेट देखि प्रत्येक कोठा र गल्लीमा टमाटर फालेर बिरोध जनाएका थिए ।
किसानहरुले बिरोधका क्रममा ३० कुईन्टल टमाटर दुईवटा गाडीमा ल्याएर नगरपालिकाको गेट देखि प्रत्येक कोठा र गल्लीमा फालेका हुन।

आहिलेको बजार मुल्य अनुसार ३० हजार मुल्य बराबरको टमाटर बर्दघाट नगरपालिका नगरपालिका वडा नम्बर १४ र ७ का किसानहरुले फालेका हुन । यता किसानहरुका अनुसार मेयर आज सम्म कुनै आफ्ना समस्या सुनुवाई नभएयको हुँदा आज बिरोध प्रद्शन गर्न वाध्य भएको जनाएका छन।

बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल भने किसानहरुले बिरोधको बेवास्ता गर्दै कार्यालय छोडेर बाहिर निस्कियका थिए।
विरोध पछि किसानहरुले ९ सदस्य वार्ता टोली गठन गरेर नगर उप प्रमुख माया देवि पौडेललाई नामावली बुझाएका छन् ।