नेप्सेमा फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन

२०७७ फाल्गुन ५ गते, बुधबार

फागुन ५, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनश शेयरमा मूल्य समायोजना भएको छ । नेप्सेमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको हो ।

संस्थाको २५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार ६ सय ७८ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको मंगलबारको अन्तिम कारोबार मूल्य ३ हजार ३ सय ४८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । संस्थाको आठौँ वार्षिक साधारण सभा फागुन २१ गते शुक्रबार बिहान ११ बजे हुदै छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal