महिला लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०७७ फाल्गुन ५ गते, बुधबार

फागुन ५, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने बुधबार अन्तिम दिन रहेको छ । माघ ३० गते शुक्रवारदेखि आईपीओ विक्री खुला गरेको यस कम्पनीले आईपीओमा आज बेलुका ५ ०० बजे सम्म आवेदन दिन सकिने छ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमामंगलबारसम्म मागभन्दा करिब ६० गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार मंगलबार साँझ ५ बजेसम्म १४ लाख ४४ हजार ५८८ जना आवेदकले २ करोड २४ लाख ८२ हजार ७२० कित्ताका लागि आवेदन दिएका हुन् ।

जुन मागभन्दा ५९ दशमलव ९५ गुणा बढी हो । प्रतिकित्ता १०० अंकित दरको कुल ४ लाख कित्ता आईपीओमध्य ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र २० हजार कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित राखेको छ । यो आईपीओमा आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म दिन सकिने व्यवस्था थियो । हाल कम्पनीको चुक्तापूँजी ६ करोड रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी १० करोड पुग्नेछ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal