बहुमत केन्द्रीय सदस्यको नागरिता सहित निर्वाचन आयोग जाने प्रचण्ड–माधव समूहको तयारी

फागुन ७, काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग जाने भएको छ । प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर शुक्रबार निर्वाचन आयोग जाने तयारी गरेको हो ।
त्यसका लागि पार्टीका सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित शुक्रबार दिउँसो १२ बजे पार्टी कार्यायल पेरिसडाँडा बोलाइएको छ । यो समुहले आज शुक्रबार सबै केन्द्रीय सदस्यलाई दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा पुग्न भनिएको छ । प्रचण्ड–नेपाल समूहले पार्टी कार्यालय पेरिसडाँडामा उपस्थित भएर १ बजे निर्वाचन आयोग जाने योजना बनाएको छ ।
यसअघि २० माघमा दुई सय ८७ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टी आधिकारिकताको दाबी गर्दै बुझाएको निवेदनमा निर्वाचन आयोगले कुनै प्रक्रिया अघि नबढाएको भन्दै प्रचण्ड–माधव समूह शुक्रबार निर्वाचन आयोग जान थालेको हो ।
‘कानुनी रूपमा बुझाएको निवेदनलाई आयोग बेवास्ता गरेपछि प्रचण्ड–नेपाल समुह नागरिकतासहित शरीर उपस्थित भएर आफुहरुलाई आधिकारीक नेकपा भएको भनी दवाब बढाउन निर्वाचन आयोग जान लागेको हो ।
संसद् विघटनलगत्तै बसेको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरेर माधवकुमार नेपाललाई अध्यक्ष बनाएको थियो । ओली समूहले भने कसैलाई कारबाही नगरी पाँच सय ५६ जना थपेर एक हजार एक सय ९९ जनाको केन्द्रीय कमिटी बनाएको थियो । दुवै समूहले आ–आफ्ना केन्द्रीय कमिटीका निर्णयसहित विवरण अद्यावधिक गर्न पत्र पठाए पनि आयोगले त्यसलाई अस्वीकार गरिदिएको थियो ।