प्रचण्ड–माधव समुहबाट फेरि ओली समूहमा फर्किए शेरबहादुर तामाङ र उषाकला राई

२०७७ फाल्गुन ८ गते, शनिबार

फागुन ८, काठमडौं । पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई प्रचण्ड –माधव समुहबाट फेरि केपी शर्मा ओली समूहमा फर्किएका छन् ।

प्रचण्ड-माधव समूहबाट दुवैजना केपी समूहमा फर्किको उषाकलाले बताइन् । ओली निकट एक केन्द्रीय सदस्यले तामाङ र राई आफूहरुकै ‘क्याम्प’मा फर्किएको बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि सुरुमा तामाङ दम्पती ओली समूहका बैठकमा सहभागी भए पनि केही दिनमै प्रचण्ड(माधव समूहमा फर्किएका थिए ।

जिल्लामा केपी शर्मा ओली समूहको वर्चश्व र कार्यकर्ताको दबाब थेग्न नसकेर नेता तामाङ र राई यो समूहमै फिर्ता भएको निकट स्रोतको दाबी छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal