दुई मोटरसाइकल एक आपसमा ठोकिए, एकको मृत्यु, दुई जना घाईते

२०७७ फाल्गुन ८ गते, शनिबार

फागुन ८ , मेची । पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन ।

मेचीनगर–१३ स्थित चारआलीमा सवारी दुर्घटनामा परी ग्लोबल आइएमइ बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको मृत्यु भएको हो ।

शुक्रबार मे ११ प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते आचार्यको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी मे ११ प ११३१ नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइतेको विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal