वैशाखमा निर्वाचन हुन्छ, चुनाव पछि राजनीतिक स्थिरता कायम हुन्छ : उपप्रधानमन्त्री पोखरेल
२०७७ फाल्गुन ८ गते, शनिबार

फागुन ८ , काठमडौं । नेकपाका सचिवालय सदस्य एवंम नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताएका छन्। काठमाडौं महानगरपालिका – ५ मा निर्माण भए को भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उनले सबै नेपालीहरु चुनावका लागि तयार हुन आग्रह गरेका हुन।
उनले भने, ‘चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्ने छन्। जनताभन्दा ठूलो न्यायाधीश अरू कोही हुँदैनन्। यसैले ताजा जनादेशका लागि सबै तयार हुनुपर्छ।’
निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा विकास र समृद्धिको सपना साकार हुने उपप्रधानमन्त्री पोखरेलको दाबी थियो।