प्रहरीले अभियुक्त सार्वजनिक गरेसँगै १७ दिनपछि भागरथीको अन्त्येष्टि

२०७७ फाल्गुन ८ गते, शनिबार

फागुन ८, बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको शव परिवारले शुक्रबार अन्त्येष्टि गरेका छन् ।

माघ २३ गते घटनास्थलबाट शव उठाएर २४ गते पोस्टमार्टम गरिए पनि घटनाका दोषी पत्ता नलागेसम्म शव नबुझ्ने आफन्तको अडान थियो ।

बिहीबार सरकारी वकिल कार्यालयमा अभियुक्त र उनका बुबालाई सँगै राखेर लिइएको बयानमा किशोरले बलात्कार र हत्या आफैंले गरेको स्विकारेपछि परिवारजनले शव बुझ्ने निर्णय गरेका हुन् ।

प्रहरीले बुधबार घटनामा संलग्न रहेको भन्दै भागरथी अध्ययनरत विद्यालयकै ११ मा पढ्ने १६ वर्षका एक किशोरलाई अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो ।
माघ २१ गते भागरथी विद्यालयबाट घर जाने समय बाटोमा ढुकेर भागरथी भट्टको बलत्कार गरी हत्या गरिएको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal