विराटनगरमा प्रधानमन्त्री ओली विरुद्ध प्रदर्शन, दाहाल–नेपाल समूहका विद्यार्थीहरुले कालो झण्डा देखाए

२०७७ फाल्गुन ८ गते, शनिबार

फागुन ८, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विराटनगरमा प्रचण्ड-माधव समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री ओली विराटनगर एयर्पोर्टमा झरेपछि विद्यार्थीहरुले एयर्पोर्ट मोडमा उनी विरुद्ध प्रदर्शन गरेका हुन ।

ओली पक्षको आमसभालाई सम्बोधन गर्न विराटनगर पुगेका प्रधानमन्त्री ओलीलाई दाहाल–नेपाल समूहका अनेरास्ववियूले कालो झण्डा देखाएको हो ।

प्रहरीले कालोझण्डा खोसेपछी विद्यार्थीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध गर्दै चर्को नाराबाजी गरेका थिए ।

प्रहरीले विद्यार्थीहरुमाथि बल प्रयोग गरेर सडक बाट हटाएको थियो। प्रधानमन्त्री आएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal