सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नक्सामा समेटेपछि केही व्यक्ति विचलित भए : ढुंगेल

२०७७ फाल्गुन ८ गते, शनिबार

फागुन ८, काठमडौं । केपी शर्मा ओली नेतृत्वको नेकपाका नेता बालकृष्ण ढुंगेलले केपी शर्मा ओली नेतृत्वको सरकारले कालापानी कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नक्सामा समेटेपछि केही व्यक्ति विचलित भएको बताएका छन् ।‘कालापानी हाम्रो भूभाग हो भनेपछि केही साथीहरुको निदहराम भयो,’ उनले भने ।

त्यस्तै शनिबार विराटनगरमा आयोजित ओली नेतृत्वको आमसभालाई सम्बोधन गर्दै ढुंगेलले अहिले नेपालमा पूर्वहरुको राज्य चलिरहेको बताएका बताए । पूर्वमाओवादी नेतासमेत रहेका ढुंगेलले सम्बोधनका क्रममा भने, ‘आज सडकमा पूर्वहरुको राज्य चलिरहेको छ ।

पूर्वप्रधानन्यायाधीहरु र पूर्वप्रधानमन्त्रीहरु आज समाजवाद ल्याउनका निम्ति नेपाल सरकारले पिच गरेका नेपाली जनताका सम्पत्ति सडकहरु भत्काउँदै बमहरु राखेर समाजवादको यात्रा तय गर्दै हुनुहुन्छ । हामीलाई अब बमको यात्रा स्वीकाऱ्य छैन ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal