दाहाल-नेपाल कम्पनीले प्रदेशमा भाँडभैलो मच्चाउन खोज्यो, प्रदेशलाई हामि जोगाउछौं : मुख्यमन्त्री राई

२०७७ फाल्गुन ८ गते, शनिबार

फागुन ८, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्य एवं प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राइले दाहाल, नेपाल, खनाल कम्पनीले प्रदेशमा भाँडभैलो मच्चाउन खोजेको आरोप लगाएका छन । विराटनगरमा नेकपा ओली समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले प्रदेशलाई आफूहरुले जोगाउने बताए ।

त्यस्तै मुख्यमन्त्री राइले ताजा जनादेशका लागि देश निर्वाचनमा गएको बताए । उनले भने, ‘निर्वाचन आयोगले पनि तयारी थालिसकेको र अन्य दलहरु पनि चुनावको तयारीमा लागि सकेको छन ।” उनले प्रचण्ड–माधव समूहले पनि छुट्टै पार्टी दर्ता गराएर चाँडै चुनावमा जाने दावी गरे ।
आफ्नै पार्टीको दुई तिहाई सरकारलाई काम गर्न नदिएका कारण प्रधानमन्त्री ओलीले जनादेशमा जाने निर्णय गरेको दावी गरे ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal