दाहाल–नेपाल समूहलाई सुवास नेम्वाङको सुझाव, ‘निर्वाचनको तयारीमा लाग्नुस्’, ढिला होला

२०७७ फाल्गुन ८ गते, शनिबार

फागुन ८, काठमडौं । नेपाल कम्युनिष्ट पार्टि नेकपाका स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले निर्वाचनको माहोल सुरु भइसकेको बताएका छन।

शनिबार विराटनगरमा जारी आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले दाहाल–नेपाल पक्षका नेकपालाई पनि निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका हुन । ‘ढिलो होला बरु तपाईंहरु पनि चुनावमा लागिहाल्नुस्’, उनले भने।

नेता नेम्वाङले नेपाली जनताले निर्वाचन चाहेको बताउँदै जनताले निर्वाचन हुने फैसला सुनाइसकेकाले सर्वोच्च अदालतले सुनाउन बाँकी रहेको बताए। उनले सर्वोच्च अदालतले फागुन १५ गतेभित्र फैसला आउने पनि दाबी गरे।

फागुन ११ गतेदेखि १५ गतेभित्र सर्वोच्च अदालको फैसला आउने जानकारी गराए । सर्वोच्च अदालतमा मुद्दा परिरहेको बेला त्यसमा बाहिर बहस चलाउन नपाइने बताउँदै उनले घाँटीमा प्लेलकार्ड झुण्डाएर ‘वि आर हेयर ’ भनेर सर्वोच्च अदालतले देख्ने गरि सडकमा बसेर टिप्पणी नगर्न प्रचण्ड–नेपाल समूहलाई अनुरोध गरे ।

उनले भने, ‘प्रधानमन्त्री ओलीले भन्नुभएको छ कि संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीको हो र लोकतन्त्रका लागि जनतामा जानका लागि संसद विघटन गरेको हुँ र आफ्नो पक्षमा फैसला हुन्छ भनि प्रधानमन्त्री ओली १०० मा २०० प्रतिशत विश्वस्त रहनु भएको छ ।’

उनले दुईतिहाई बहुमतको सरकारले पेश गरेको प्रस्ताव संसदमा प्रस्तुत नभएका कारण प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको दाबी गरे। नेता नेम्वाङले प्रधानमन्त्रीले महत्त्वपूर्ण घोषणा गर्ने पनी बताए । यसअघि शनिबार बिहानै पूर्वमन्त्री गोकुप्रसाद बाँस्कोटाले पनि आज पक्कै नयाँ हुन्छ भन्दै ट्वीट गरेका थिए।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal