नेपाली कांग्रेस हिन्दु राष्ट्रको मुद्दामा जनमत संग्रह गराउने पक्षमा छ : डा. शशांक

२०७७ फाल्गुन ८ गते, शनिबार

फागुन ८, कावासोती । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले नेपाली काँग्रेस हिन्दुराष्ट्रको विषय जनमत संग्रहबाट टुङग्यानु पर्ने पक्षमा भएको बताएका छन् ।

शनिबार पुर्वी नवलपरासीको कावासोती-१३ मा शिद्धेश्वर शिवालय मन्दिरको शिलान्यास समारोहलाई सम्बोधन गर्दै कोइरालाले धर्म सापेक्षा या निरपेक्ष नभई स्वतन्त्रता हुनुपर्ने जिकिर गरे । उनले नेपाली कांग्रेस सरकार आएको बेला आफुहरुले हिन्दु राष्ट्रको मुद्दामा जनमत संग्रह गराउने बताए ।

कार्यक्रमलाई सम्बोधन कोइरालाले नेपाली कांग्रेसको झण्डामा भएको चारतारा मध्य एउटा तारा धार्मिक स्वतन्त्रताको प्रतिक भएको बताए । नेपाली कांग्रेस पनि धर्म स्वतन्त्रताको पक्षमा रहेको हुँदा हिन्दु राष्ट्रको विषयलाई जनमत संग्रहबाट टुङ्गायाउनु सहि हुने उनको तर्क थियो।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal