प्रतिबन्ध ‘फुकुवा’ गरे सरकारसँग वार्ताका लागि सकारात्मक छौं : नेत्रविक्रम चन्द [विज्ञप्ति सहित]

२०७७ फाल्गुन ८ गते, शनिबार

फागुन ८, काठमडौं । प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्दले सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि तयार रहेको बताएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै चन्दले पार्टीको गतिविधि गर्न सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका हुन् ।
विप्लवले त्यसका लागि आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्था हुनुपर्ने सर्त तेर्स्याएका छन्।

चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टीको सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ ।’

केही समययता विप्लव माओवादी र सरकारबीच वार्ताको अनौपचारिक कुरा चलिरहेको छ।

विज्ञप्ति :

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal