वैद्यले छाडे, त्यसपछि डाक्टर, डाक्टरले छाडेपछि अहिले प्रचण्ड झाँक्रीको पछाडि लाग्न थालेछन : प्रधानमन्त्री ओली

२०७७ फाल्गुन ८ गते, शनिबार

फागुन ८, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ खिइँदै गएको बताएका छन । शनिबार विराटनगरमा भएको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उनले प्रचण्डले विगतमा वैद्य र डाक्टरको साथ लिएको र उनीहरुले छाडेपछि अहिले झाँक्रीको साथ लिएको भन्दै कटाक्ष गरेका हुन ।

विगतमा प्रचण्डको सारथीको रुपमा मोहन वैद्य र डा बाबुराम भट्टराई रहेका थिए भने उनीहरुहले प्रचण्डको साथ छाडेर बाटो लागेको सन्दर्भमा अहिले रामकुमारी झाँक्रीहरुलाई लिएर अघि बढेको ओलीको भनाई थियो ।

त्यस्तै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थपाना भएपछिका सरकारले मुलुकलाई विकासको बाटोमा लिन नसक्ने प्रधानमन्त्री ओलीको दाबी थियो । उनले थपे, फेरि त्यो फोहोरी खेल, तमासामा लोकततन्त्र कमजोर हुन्छ । संविधानको सही कार्यान्वयन हुँदैन ।

पुस ५ गते भएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाको लिखित जवाफ दिँदै प्रधानमन्त्री ओलीले अर्को कुनै पनि प्रकारको सरकार बन्ने विकल्प नरहेको उल्लेख गरेका छन् । ६४ प्रतिशत सांसद ओलीको पक्षमा रहेको भन्दै वैकल्पिक सरकार गठन हुनै नसक्ने भन्दै सरकारकी वकिल र प्रधानमन्त्रीका निजी वकिललहरूले पनि प्रतिनिधिसभा विघटन सदर गर्नुपर्ने तर्क गरेका थिए ।

तर, त्यसको विपरीत प्रधानमन्त्रीले ‘प्रतिनिधिसभा पुनःस्थापना भए गठजोडका सरकार बन्नेु र मुलुकमा अस्थिरता आउने दाबी गरेका छन् ।त्यस्तो अवस्था आउन नदिनका लागि सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सदर गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । मुलुक ताजा जनादेशमा गइसकेको भन्दै उनले कसैको दबाबमा नपरी सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सदर गर्नुपर्ने बताए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal