नेकपाको बिवादले देश अनिर्णयको बन्दी बन्यो : गगन थापा

२०७७ फाल्गुन ८ गते, शनिबार

फाल्गुन ८, नवलपरासी । नेपाली कांग्रेस केन्द्रिय सदस्य गगन कुमार थापाले नेकपाको बिवादले देश अनिर्णयको बन्दी बनेको बताएका छन । पश्चिम् नवलपरासीको बर्दघाटमा तरुणदल जिल्ला कार्यसमिति नवलपरासीले आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीले पार्टीको बिबाद मिलाएर सरकार चलाउन नसके घरमा गएर सुत्नुपर्ने भन्दै संसद बिघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको पनि बताए ।

नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली संसद बाट भागेको भगौडा भएको बताए । बिरोध सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री ओलीले राष्ट्रपती बिद्या देवी भण्डारीलाई लगेर व्यवस्थापिका संसदको चापी बुझाएको बताए। अहिले प्रधानमन्त्रीले चुनाव हुन्छ भनेरभाषण गर्दै हिडेपनि प्रधानमन्त्री र नेकपाकै कारण चुनाव नहुने बताए। आफु नै चुनाब नगराउनेमा ढुक्क भएको भन्दै अहिले एकतर्फ केपी ओली र अर्को तर्फ सिङ्गो देश रहेकोले ओलीले हार्ने कि देशले हार्ने भन्ने अवस्थामा राष्ट्र आइपुगे बताए ।

साथै सरकारले सामाजिक सन्जाल र सन्चार माध्याम लाई नियमनको नाममा ल्याउन लागेको अध्यायदेश मार्फत आम नागरिकको अभिब्यक्ती स्वतन्त्रता माथी रोक लगाउन लागेको थापाको भनाई रहेको थियो । राम जन्मभुमी नेपालमै हो भनेर भगवान श्रीरामलाई नागरिकता दिन तम्सिएको जस्तो गर्नु भन्दा आजको आवस्यकता रामको नगरिकता भन्दा नवलपरासीका सिमामा रहेका सुस्ताबासि नागरिकलाई नागरिकता दिनु रहेकोमा सरकारको ध्यान त्यतातिर जान नसकेको थापाले बताए ।
कार्यक्रममा बिशिस्ट अतिथी नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य देबेन्द्रराज कंडेल, तरुण दलका केन्द्रिय कोषाध्यक्ष बिद्दान गुरुङ, संविधान सभा सदस्यद्वय बिक्रम खनाल र देवकरण कलवार पार्टी जिल्ला सभापति बिष्णु पौडेललागायतले बोल्दै अहिलेको सरकारले संविधान प्रती प्रतिगमन गरेको कारण प्राप्त उपलब्धिहरु गुम्ने खतरा बढेको बताए ।
कार्यक्रम नेपाल तरुण दलका जिल्ला सभापति शुक बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन यज्ञ पौडेलले गरेका थिए । ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal