सामान्य अंकले बढेको बजारमा हाइड्रोपावर र म्युचुअल फण्ड उचालिदा लघुवित्त र बिमाका लगानीकर्ताले गुमाए

२०७७ फाल्गुन ९ गते, आईतवार

फागुन ९, काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ३ दशमलव ६६ अंकले उकालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ४० दशमलव ३४ अंकमा पुगेको छ ।

यो दिन सेन्सेटिभ इन्डेक्स भने २ दशमलव २० अंक घटेर ४७९ दशमलव ५८ विन्दुमा झरेको हो । आइतवार समग्र धितोपत्र कारोबार मापक नेप्से इन्डेक्स सामान्य अंकले उकालो लागे पनि ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने घटेको हो ।

आइतवार २०६ ओटा कम्पनीको ९१ हजार ३७८ पटकको व्यापारमा रू ८ अर्ब ६९ करोड ७६ लाख ४९ हजार बराबरको २ करोड ४० लाख ३४ हजार ७५४ कित्ता शेयर खरीदविक्री भएको छ ।

यो दिन बैंकिङ समूहक शून्य दशमलव ३७ प्रतिशत, वित्त शून्य दशमलव ३५ प्रतिशत, निर्जीवन बीमा शून्य दशमलव ६४ प्रतिशत, लघुवित्त १ दशमलव शून्य १ प्रतिशत र जीवन बीमा समूहको परिसूचक १ दशमलव ९६ प्रतिशतले घटेको छ ।

आइतबार सबैभन्दा धेरै म्युचुअल फण्ड समूहको सर्वाधिक ६ दशमलव ४ प्रतिशत प्रतिशत बढेको हो । हाइड्रोपावरको सव–इन्डेक्स ४ प्रतिशत भन्दा धेरैले उकालो लागेको छ । यो समूहमा उछाल आउदा नेप्से परिसूचक पनि उकालो लागेको हो ।

यो दिन त्यस्तै यो दिन व्यापारिकको शून्य दशमलव ५४ प्रतिशत, होटलको शून्य दशमलव ५९ प्रतिशत, विकास बैंकको १ दशमलव शून्य ७ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव शून्य ८ प्रतिशत र अन्यको १ दशमलव ८८ प्रतिशत परिसूचक बढेको छ ।

अघिल्लो आइतबारदेखि दोस्रो बजारमा कारोबार हुन थालेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य बढ्ने क्रम यो आइतबार पनि जारी नै रहेको छ । सूचीकृत भएसँगै लगातार बढिरहेको निफ्राको सेयर मूल्य आज पनि बढेर ६ सयमा पुगेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal