राजनीतिक दलका क्रियाकलापलाई लिएर कमल थापाको टिप्पणी, नेताहरूले गणतन्त्रलाई गाईजात्रा बनाए

२०७७ फाल्गुन ९ गते, आईतवार

फागुन ९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेताहरुले गणतन्त्रलाई गाईजात्रा बनाएको आरोप लगाएका छन् । मुलुकमा पछिल्ला राजनीतिक दलका नेताहरुको क्रियाकलापलाई लिएर टिप्पणी गर्दै अध्यक्ष थापाले यस्तो आरोप लगाएका हुन् ।

सामाजिक सञ्जालमा अध्यक्ष थापाले लेखेका छन्, आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी, राष्ट्रपति र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध, सभामुखद्वारा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशविरुद्ध मुद्दा हाल्ने, सडक प्रदर्शन गरी दलका नेताहरुले अदालतलाई तर्साउने धम्क्याउने, कार्यहरूले गणतन्त्रलाई गाईजात्रा बनाए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal