सामाजिक सेवामा आक्रमक बन्दै एक युवा, जो अमेरीकामा बस्छन तर सेवा नेपालमा गर्दैछन

२०७७ फाल्गुन १० गते, सोमबार

कोरोना महामारीको बहुआयमिक असर पारिराखेको जगजाहेर नै छ । मानवीय क्षतिको साथसाथै विश्व अर्थतन्त्रलाई नै कोरोनाले अक्रान्त बनाउँदै लगेको छ । कोरोना संक्रमण नियन्त्रणको समय अनिश्चित भएसँगै विश्व अर्थतन्त्र नै शिथिल पार्दै लगेको छ । कोरोना त्राशका कारण आर्थिक क्रियाकलाप प्राय ठप्प नै भयो ।

असंगठित क्षेत्रमा कार्यरत मजदुरहरूको रोजगारी तीव्र गतिमा गुम्दै गएको छ । यस्तो परिस्थितीमा एक युवा गरिब र विपन्न वर्गका समुदायलाई लक्षित कार्यक्रम अघि बढाउँदै सामाजिक सेवामा आक्रमक बन्दै गएका छन, ति युवा हुन नवराज सुवेदी । नेपाली सेयर बजारमा लगानीकर्ता तथा लगानीकर्ताको नेताको पहिचान बनाएका नवराज सुवेदीले गैरआवासीय नेपाली संघ (एनआरएनए यूएसए) को महासचिव पदका उम्मेदवारी दिने घोषणा गरीसकेका छन ।

हाल अमेरिकाको नर्थ कारोलिनामा बसोबास गर्दै आएका सुवेदी आफ्नो उम्मेदवारी घोषणा गर्दै स्वदेश तथा विदेशमा रहेका नेपाली समाजको हितलाई केन्द्रविन्दुमा राखेर अभियान अगाडि बढाइने बताएका थिए । सुवेदिले सिएनएन एक्प्रेश संग कुरा गर्दै भने, ‘सामाजिक सेवा हाम्रो संस्कृति हो, हाम्रो परम्परा हो र हाम्रो ऐतिहासिक गौरव पनि हो । हुनेले नहुनेलाई, सक्नेले नसक्नेलाई, शक्तले अशक्तलाई र सक्षमले असक्षमलाई साथ दिने, सहयोग गर्ने हो। म अब सामाजिक सेवामा होमी सकें, जहाँ नेपालीहरु गरिबीको चपेटामा परेर बिहान बेलुकाको छाक टार्न नै हम्मेहम्मे परेको छ, त्यहाँ त्यहाँ अब नवराज सुवेदीको ध्यान जान्छ ।

ताप्लेजुङको एउटा दुर्गम बस्ती ओदाक गाउँका मसिनामा जेनेन्दार विद्यार्थी भाई,बहिनीहरुलाई कापि—कलम लगायत अन्यः स्टेस्नरी सामग्रीहरु वितरण गर्ने अवसर मिल्यो । अब मेरो ध्यान कर्णाली विद्यार्थी भाई, बहिनीहरुलाई सामग्रीहरु वितरण गर्ने तयारी गर्दैछु । त्यो न्युज पनी तपाईहरुले लेख्ने अवसर पाउनु हुनेछ, ‘सुवेदीले भने ‘।

पछिल्लो समय सामाजिक अगुवाका रुपमा आफूलाई स्थापित गराउन तँछाड मछाड गर्नेहरु बढेका छन् । राजनीतिक दलका कार्ड फ्याँकेर होस् वा कुनै न कुनै संगठन, सञ्जाल वा समूह गठन गरेर किन नहोस् सामाजिक सेवामा लागेकाहरुको भीड बढ्दो छ । समाजमा सस्तो लोकप्रियता लागि सामाजिक कार्यमा सरिक गराउन चाहन्छन् । तर नवराज सुवेदीको सामाजिक हात निरन्तर अगाडी बढाउँदा, हात नकामुन शुभकामना !

ताप्लेजुङमा शैक्षिक सामग्रीहरु वितरण गर्दाका केहि दृश्यहरु जो सुवेदीले पठाएका थिए

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal