सुरक्षा परिषद् बैठक बस्दै, पछिल्लो घटनाक्रमलाई मध्यनजर गरेर बैठक बोलाएको हुन सक्ने अनुमान

२०७७ फाल्गुन ११ गते, मंगलवार

फागुन ११, काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले आज मंगलबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई नै मध्यनजर गरेर बैठक बोलाएको हुन सक्ने अनुमान गरीएको छ ।
प्रतिनिधिसभा विघटनको मुद्दामा फैसलाको व्यग्र प्रतीक्षा भइरहेका बेला सर्वोच्च अदालतले मंगलबारका लागि ‘हेर्दाहेर्दै’ मा पेसी तोक्नु र सुरक्षा परिषद्को बैठक डाक्नुलाई अर्थपुर्ण मानिएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal