युवा संघ नेपालको केन्द्रिय बैठक आज, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२०७७ फाल्गुन ११ गते, मंगलवार

फागुन ११, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटीको बैठक आज काठमाडौमा हुने भएको छ ।

पार्टीमा बिभाजन भएपछि केपी ओली पक्षको युवा संघको अध्यक्षमा बचन सिंह अध्यक्ष भए पछिको यो पहिलो बैठक हो । आज काठमाडौमा हुने केन्द्रिय कमिटीको बैठक लाई नेकपाका पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने बताइएको छ ।

वचन सिंह नेतृत्वको युवा संघमा पुर्व माओवादी वादल पक्षका युवाहरु लाई समेत समेटेर कमिटी विस्तार गर्ने जनाईएको छ । आज हुने बैठकमा नव मनोनीत सदस्यहरु लाई सपथ ग्रहणको कार्यक्रम पनि राखिएको केन्द्रिय सचिव सुजन राईले सिएनएनलाई जानकारी गराए ।

तर पछिल्लो समय राष्ट्रिय युवा संघ नेपालमा गुटगठ राजनीती शुरु भएको छ । गुठगत राजनितिका कारण ओली समुहमा नेता कार्यकर्ताको व्यापक असन्तुष्टि बढ्दै गएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal