नेकपाको सचिवालय बैठक बोलाउन ओली र दाहालसँग वामदेव गौतमको माग

२०७७ फाल्गुन १२ गते, बुधबार

फागुन १२, काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सचिवालय बैठक बोलाउन माग गरेका छन् ।

कानुनी रुपमा विभाजन नभए पनि व्यवहारिक रुपमा अलगअलग भएका नेकपाका दुई खेमाका अध्यक्ष ओली र दाहाललाई उपाध्यक्ष गौतमले धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाउन माग गरेका हुन् ।

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनस्स्थापना गर्ने फैसला सुनाएपछि प्रतिक्रिया दिँदै गौतमले न्यायालयले लाखौँ देशभक्त नेपालीको त्याग र समर्पणबाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको बताएका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal