भरतपुरको सभा छाडेर चितवनबाट काठमाडौं फर्किए प्रचण्ड-माधव

फागुन १२, काठमाडौं । प्रतिनिधिसभा पुन स् स्थापना गर्ने सर्वोच्चको निर्णय भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल चितवनबाट काठमाडौं फर्किंएका छन्।
मंगलबार साँझ चितवन पुगेका नेकपाका अध्यक्ष ‘प्रचण्ड’ र नेपाल भरतपुरमा आयोजित विरोध सभा छाडेर काठमाडौं फर्किएका हुन्।
प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै चितवनमा बुधबार गरिने भनिएको विरोध सभालाई विजय उत्सव मनाउन निर्देशन दिँदै उनीहरु बिहान विमानमार्फत राजधानी फर्किएका हुन्।
प्रचण्ड-नेपाल समुहले आजै दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा संसदीय दलको बैठक बोलाएको छ। बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई बोलाइएको छ। प्रतिनिधिसभामा नेकपाका दुवैपक्ष गरी सभामुखबाहेक १७३ सांसद थिए। राष्ट्रियसभामा ५० जना छन्।