नेप्सेको सिस्टममा समस्या, इन्फ्रास्ट्रक्चरको सेयर मूल्य शून्य

२०७७ फाल्गुन १२ गते, बुधबार

फागुन १२, काठमाडौं । नेप्सेको सिस्टममा समस्या देखिएको छ । नेप्सेको सिस्टममा समस्या देखिँदा टीएमएस र नेप्सेको वेबसाइटमा गलत तथ्यांक देखिएको छ ।
नेप्सेको टीएमएस र वेबसाइट दुवैमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य १०० प्रतिशतले घटेर शून्य रुपैयाँमा झरेको देखिएको छ ।

अन्य कम्पनीको सेयर कारोबार चालु भए पनि नेपाल इन्फ्रास्ट्रचर बैंकको सेयर कारोबारमा समस्या देखिँदा इन्डेक्स पनि घटेको देखिएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य ५९४ रुपैयाँले घटेको देखिएको छ । नेप्सेको सिस्टममा प्राविधिक समस्या देखिएकोले समाधानको प्रयास भइरहेको बताईएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal