दाहाल-नेपालले भने मिलेर जाऔं, देउवा भन्छन पार्टीमा छलफल गरेर जवाफ दिन्छौं

२०७७ फाल्गुन १२ गते, बुधबार

फागुन १२, काठमाडौं । नेकपा पुष्पकमल दाहाल र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भट्न बूढानीलकण्ठ पुगेका छन । बुधबार बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवालाई अब सँगै मिलेर जान आग्रह गरेका हुन ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई मंगलबार बदर गरेपछि भोलिपल्टै दाहाल र नेपाल देउवालाई भेट्न उनकै निवास पुगेका हुन् ।

दाहाल र नेपालले सँगै मिलेर अघि बढ्न गरेको आग्रहको जवाफमा कांग्रेस सभापति देउवाले भने पार्टीभित्र छलफल गरेर अब कसरी अघि बढ्ने भन्ने विषयमा जानकारी दिने बताएका थिए । बैठकपछि अध्यक्ष नेपालले आफूहरुले अब आफ्नो पार्टी मिलेर अघि बढ्न चाहेको र कांग्रेससँग मिलेर संयुक्त सरकार बनाउन चाहेको देउवालाई बताएको जानकारी दिए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal