सरकार गठनका विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै, बैठक देउवा निवासमा

२०७७ फाल्गुन १३ गते, बिहीबार

फागुन १३, काठमाडौं । नेकपाका दुवै समूहले सरकार गठनमा सहकार्य खोजेसँगै नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ । संसद विघटन असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको विघटन बदर गरेपछि नेपाली कांग्रेस छलफलमा जुटेको हो।

बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो ३ बजेका लागि बोलाइएको छ । सो बैठकमा पार्टीका पूर्वपदाधिकारी समेत सहभागी हुने छन् । सो बैठकमा बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद पुनर्स्थापनापछि कांग्रेसको रणनीति, नेकपा दाहाल–नेपाल समूहको प्रस्तावसहितका विषणमा छलफल हुनेछ ।

यस्तै विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपाको प्रस्तावलगायत विषयमा छलफल हुने पौडेलले जानकारी दिनुभयो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal