साताको अन्तिम कारोबार दिन शेयर बजार नेप्से परिसूचक ४४.९४ अंकले घट्यो, वित्त समूहले सर्वाधिक गुमाए

२०७७ फाल्गुन १३ गते, बिहीबार

फागुन १३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले घटेकोे छ । हिजो (बुधबार) नेप्से १२.५६ अंकले नेप्से बढेर दुई हजार पाँच सय ९९ दशमलब ७ विन्दुमा पुगेको थियो ।

नेप्सेका अनुसार आज ४४.९४ अंकले नेप्से घटेर दुई हजार पाँच सय ५४ दशमलब १३ विन्दुमा पुगेको छ भने ६ अर्ब ९ करोड ८१ लाख बराबरको कारोबार भएको छ । नेप्से परिसूचकसँगै यो दिन सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ८१ प्रतिशत घटेको छ ।

यस दिन सेन्सेटिभ इन्डेक्स ४६१ दशमलव ८१ विन्दुमा झरेको हो । यसदिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को सर्वाधिक रकमको शेयर कारोबार भएको छ । निफ्राको रू ९० करोड ३५ लाख ६७ हजार बराबरको शेयर कारोबार भएको हो । कारोबारको १० औंं दिन कम्पनीको शेयरमूल्य ३ दशमलव ३८ प्रतिशत अर्थात् प्रतिकित्ता रू। १९ ले घटेर अन्तिम मूल्य रू ५४३ कायम भएको छ ।

यसदिन कारोबारमा आएका १२ समूहकै परिसूचक घटेको छ । वित्त समूहको परिसूचक सर्वाधिक २ दशमलव १७ प्रतिशतले घटेको छ भने बैंकिङ्कको १ दशमलव ९९ प्रतिशत, व्यापारिकको १ दशमलव ८४ प्रतिशत, होटलको शून्य दशमलव ८४ प्रतिशत, विकास बैंकको १ दशमलव ७७ प्रतिशत, जलविद्युतको १ दशमलव ३६ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ३४ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव २८ प्रतिशत, अन्यको १ दशमलव ७३ प्रतिशत, लघुवित्तको १ दशमलव ३७ प्रतिशत, जीवन बीमाको १ दशमलव ६७ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव २६ प्रतिशत परिसूचक घटेको छ ।

आज शेयर बजार राताम्मे भएपनि दुई कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि भएको छ । उच्च शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागिरी हिल्स र नेपाल हेल्थ प्रोफेशनल काउन्सिल रहेका छन् । साताको अन्तिम कारोबार दिन भएकाले पनि नाफा बुक गर्ने हाबी हुँदा बजार प्रभावित भएको विश्लेषकहरुको भनाइ छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal