प्रचण्ड–नेपालसँग सत्ता साझेदारीको सम्भावनै छैन’ : राजेन्द्र महतो

२०७७ फाल्गुन १३ गते, बिहीबार

फागुन १३, काठमाडौं । नेकपा दाहाल–नेपाल पक्ष र जनता समाजवादी पार्टी९जसपा० नेपालका नेताहरुबीच पछिल्लो राजीनितिक घटनाक्रमका बारेमा छलफल भएको छ । बिहीबार नेकपा कार्यालय पेरिसडाँडामा नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल र जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो ।

छलफलमा आगामी दिनमा सहकार्य गरेर जानका निम्ति नेकपा दाहाल–नेपाल पक्षले प्रस्ताव गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बताए । नेता महतोले नेकपा प्रचण्ड–नेपाल समूहसँग सत्ता साझेदारीको कुनै सम्भावना नरहेको पनी बताए।

५ पुषमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको प्रतिगमन सर्वोच्चले सच्चाए पनि संविधान लेख्दादेखिको प्रतिगमन नसच्चिएको महतोले बताएका छन् । उनले भनेका छन्, ‘शेशमा केपी ओलीको प्रतिगमन सच्चियो तर, संविधान लेख्दा कांग्रेस–कम्युनिस्टले जुन प्रतिगमत गरेका थिए त्यो अझै यथावत् नै छ । त्यसो त प्रतिगमनका विरुद्ध लड्ने रेशम चौधरी जेलमा छन्। यस्तो अवस्थामा कसरी सहकार्य हुन्छ ?
यसकारण प्रतिगमन यथावत राखेर सहकार्य कसरी गर्न सकिन्छ महतोले भने। जसपाले उठाएका मुद्दा गम्भीर रहेको र संघर्ष जारी रहेकाले कुनै पनि अवस्थामा सत्ता साझेदारी नहुने उनको भनाई छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal