बाइडेनले अनुमति दिएपछि सिरियामा इरान समर्थित लडाकुको अखडामा अमेरिकाको आक्रमण

२०७७ फाल्गुन १४ गते, शुक्रबार

फागुन १४, काठमाडौं । अमेरिकाले सिरियामा रहेको इरान समर्थित लडाकुको अखडामा हवाई आक्रमण गरेको छ । आक्रमणका भएको क्षतिबारे जानकारी आइसकेको छैन ।
इराकमा रहेको अमेरिकी सेनाको शिविरमा इरानबाट भएको रकेट आक्रमणको जवाफी कारबाहीस्वरूप अमेरिकाले आक्रमण गरेको बताइएको छ । यसअघि गएको हप्ता अमेरिकी सेनाको शिविरमा इरान समर्थित लडाकुले आक्रमण गरेका थिए ।
त्यो आक्रमणमा एक जना गैर-अमेरिकी ठेकेदारको ज्यान गएको थियो भने ६ जना घाइते भएका थिए । रोयटर्सका अनुसार हिजो अमेरिकी राष्ट्रपति जो बाइडेनले अनुमति दिएपछि आक्रमण भएको हो।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal