आजको मौसम : पहाडी भेगमा मेघगर्जन सहित वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

२०७७ फाल्गुन १४ गते, शुक्रबार

फागुन १४, काठमाडौं । पहाडी भेगमा आज मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमाली क्षेत्रमा भने सामान्य हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार अबको ३ दिनसम्म वाग्मती, गण्डकी, प्रदेश-१ लगायत प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
यस्तै आज वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बद्ली रहने र अरु ठाउँको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal