युरोपा लिगमा आर्सनलले बेनिफिकालाई हरायो

२०७७ फाल्गुन १४ गते, शुक्रबार

फागुन १४, काठमाडौं । युरोपा लिग फुटबलमा आर्सनलले बेनिफिकालाई हराएको छ । गएराति भएको खेलमा लिगको समूह ‘बी’ को शीर्ष स्थानमा रहेको आर्सनलले बेनिफिकालाई ३-२ गोल अन्तरले हराएका हो ।
यस्तै समूह ‘सी’ को शीर्ष स्थानमा रहेको वायर लिभान्कुसे योङ ब्वाइजसँग २-० गोल अन्तरले पराजित भएको छ ।
यस्तै रेन्जर्सले रोयल एन्टओर्पलाई ५-२ गोल अन्तरले पराजित गरेको छ । अर्को खेलमा साल्भिया प्राग्वीले लिसेस्टरलाई २-० गोलले, नापोलीले ग्राण्डालाई २-१, अजक्सले लिलिलाई २-१ गोलले पराजित गरेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal