पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, शल्यक्रिया पछि खतरामुक्त

२०७७ फाल्गुन १४ गते, शुक्रबार

फागुन १४, काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । अचनाक स्वास्थ्यमा समस्या देखिएपछि गएराति नै वीर अस्पताल लगिएको जोशीलाई मस्तिष्कघात भएको बताइएपछि थप उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो ।
नेता जोशीको नर्भिक अस्पतालमा शल्यक्रिया गरी मष्तिष्कमा जमेको रगत निकालिएको छ ।
हाल जोशी खतरामुक्त अवस्थामा रहेको चिकित्सकले बताएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal