विप्लवसँग वार्ताको चर्चा चलाउँदै, नेता-कार्यकर्ता पक्राउ गर्दै सरकार

२०७७ फाल्गुन १४ गते, शुक्रबार
२९ गते नेपाल बन्द हुँदै

फागुन १४, काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द्र विप्लव समूह र सरकारबीच वार्ताको चर्चा चलिरहेका समयमाका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन पक्राउ परेका छन् । पुनलाई म्याग्दीको मालिका गाउँपालिका(२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायत गतिविधिमा संलग्न भएको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पुन म्याग्दीको मालिका गाउँपालिका–३ का बासिन्दा हुन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal